नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ,टोपबहादुरले अनुसन्धानमा सघाउनुपर्छ : एमाले

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर बिचौलियाको रुपमा कार्य गरेको अनुसन्धानका क्रममा खुलेको भन्दै प्रहरीले मंगलबार थय २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंका रामशरण के.सी. र म‍‍ोरडका ग‍ोविन्द चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ । यी २ जना सहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । प्रहरीलाई यो प्रकरणको अनुसन्धान गरि काठमाडौं जिल्ला अदालतमा प्रतिवेदन बुझाउनु पर्ने समय सीमा दुई हप्ता मात्रै काँकी रहेको बताइएको छ । अनुसन्धानको क्रममा अरु व्यक्ति पनि पक्राउ पर्न सक्ने सम्भावना रहेको जानकारहरु बताउछन् । ८७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थीको परिचय-पत्र प्रदान गरी अमेरिका पठाउने भनी उनीहरुबाट प्रतिव्यक्ति रु १० लाखदेखि ५० लाखसम्म रकम लिएर ठगी तथा संगठित अपराध गरेको भनिएको यो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण, सांसद समेत रहेकी उनकी पत्नी मञ्जु खाण, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा सांसद डा.आरजु राणा देउवा पनि जोडिएको भनेर समाचार विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन/प्रशारण हुदा उनीहरु पनि विवादमा तानिएका छन् तर ती समाचारमा सत्यता नरहेक‍ो भन्दै उनीहरुले यो प्रकरणमा आफ्नो सम्लग्नता अस्वीकनर गर्दै आएका छन् ।

उता सरोकारवालाहरुले यो प्रकरणमा प्रहरीले साना माछालाई मात्रै समातेको र ठूला माछालाई उन्मुक्ति दिएको भन्दै असन्तुष्टी व्यक्त गरिरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो प्रकरणको फाइल ख‍ल्ने मात्र नगरी यसको फायर नै खोल्नु पर्ने बताइरहेका छन् । नेकपा (एमाले)का नेताहरु पनि यो प्रकरणमा आफ्न‍ो पार्टीको सम्लग्नता नरहेको र यसमा कुनै पनि द‍ोषी नउम्किय‍ोस् र कोही पनि निर्द‍ोष नफस‍ोस् भनिरहेका छन् ।

टोपबहादुरले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सहय‍‍ोग गर्नुपर्छ : एमाले

नेकपा (एमाले)ले आफू निर्दोष रहेको बताएका सांसद टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नु पर्ने निर्णय गरेको जनाइएको छ । यही ब‌शाख २८ गतेदेखि शुरु हुन लागेको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि प्रस्तुत गर्ने प्रस्ताव तय गर्न मंगलबार बसेको उक्त पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको सोही पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सब्बा गुरुङले बताए । यो प्रकरणको अनुसन्धान प्रारम्भ मात्रै भएकोले अनुसन्धान पूरा नहुदासम्म यस प्रकरणमा उहाँ दोषी हो कि होइन भनेर अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

यो प्रकरणमा जोडिएको ठहर भन्दै काठमाडौं जिल्ला अदालतको अनुमती लिएर प्रहरीले आफू विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उपप्रधानमन्त्री समेत भई सकेका नेकपा (एमाले)का सचिव तथा सांसद एवं पूर्व नेकपा (माओवादी केन्द्र)का नेता ट‍ोपबहादुर रायमाझी गत बुधबारदेखि फरार रहेक‍ो प्रहरी भनाइ छ । मंगलबार सांसद रायमाझीको निवासमा प्रहरीले छापा मारेको जनाइएको छ । यही प्रकरणमा ज‍ोडिएका उनका छोरा सन्दीप भने प्रहरी हिरासतमा छन् । यो प्रकरणमा द‍‍ोषी देखिएका नीरज राई र प्रतीक थापा पनि फरार रहेको प्रहरीको भनाइ छ ।

आफू माथि प्रहरीको अनावश्यक दवाव : इन्द्रजित राई

यो प्रकरणमा द‍ोषी देखिएको भन्दै प्रहरीले पक्राउ गरेेका डा.इन्द्रजित राईले आफू माथि अनुसन्धानको नाममा प्रहरीले अनावश्यक दवाव दिएर दिएको काठमाडौं जिल्ला अदालतमा बताएपछि यो प्रकरणको प्रहरीले गरिरहेको अनुसन्धान शंकाको घेरामा परेको जानकारहरु बताउछन् ।

Leave a Reply