नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमती

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेका १२ जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप ४ दिन अनुमती दिएको छ । अरु थप समय थुनामा राख्नको लागि म्याद थप गर्न उनीहरुलाई आज प्रहरीले काठमाडौं जिल्ला अदालत पु-याएको थियो ।

४ दिन भित्र अनुसन्धान सक्न प्रहरीलाई सरकारी वकिल कार्यालयको निर्देशन

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अब ४ दिन भित्र सक्न काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले निर्देशन दिएको बताइएको छ । प्रहरीले यो प्रकरणमा सम्लग्नहरुलाई ठगी तथा संगठित अपराधमा मुद्धा अगाडि बढाएको जनाएको छ ।

यो प्रकरणमा जोडिएका पूर्व उपप्रधानमन्त्री तथा उर्जा मन्त्री तथा नेकपा (एमाले)का निलम्वित सचिव एवं सांसद ट‍ोपबहादुर रायमाझी , नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा , वादलकै सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईका छ‍ोरा नीरज राई र नेपाली कांग्रेसका पूर्व सांसद आङ्दावा शेर्पा फरार रहेको प्रहरीको भनाइ छ ।

यता यो प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाणले आफू यो प्रकरणमा सम्लग्न नरहेको बताउनुभएक‍ो छ तर पूर्व गृह मन्त्री खाणले प्रहरी निरीक्षकको हातमा रहेको ग‍‍‍ोप्य कागज थुती मुखमा हालेर चपाएर निलेको जानकारहरु बताउछन् ।

यता प्रहरीले पूर्व गृह मन्त्री खाणलाई हातकडी नलगाइकन तर यही प्रकरणमा थुनामा रहेका बाँकी ११ जनालाई हातकडो लगाएर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र काठमाडौं जिल्ला अदालतमा लगेको विषयलाई लिएर सामाजिक सञ्जाल लगायतमा असन्तुष्टी व्यक्त भएको देखिएको छ ।

Leave a Reply