नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष मिया पनि पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्लग्न भएको ठहर गरि प्रहरीले आज विहान हज कमिटीका अध्क्ष शमशेर मियालाई सिंहदरबार भित्रैबाट पक्राउ गरेको जनाएको छ । गृह मन्त्रालयबाट कागजात मगाएर उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयमा बसेर कार्य गर्दै आएका मियालाई पिछा गरि प्रहरीले पक्राउ गरेको जनाइएक‍ो छ ।

नेकपा (एमाले)का सांसद एवं पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी मार्फत बिचौलियाहरुसँग सम्पर्कमा पुगेका मियाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई आफूले चढ्न भनेर गृह मन्त्रालयबाट लिएको बी ए बी १४०५ नम्बरको गाडी यसै प्रकरण अन्तर्गतको काममा प्रयोग गर्न दिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

मिया सहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । यस अघि पक्राउ परेका १४ जनालाई थप अनुसन्धानका लागि बुधबार काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप ३ दिन प्रहरी हिरासतमा राख्न अनुमती दिएको थपयो ।

बादल पुत्र प्रतीक र इन्द्रजित राई पुत्र निरज फरार

य‍ो प्रकरणमा द‍ोषी ठहर गर्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’का छ‍‍ोरा प्रतीक र यही प्रकरणमा पक्राउ परेका डा.इन्द्रजित राईका छोरा निरज फरार रहेको र उनीहरुको ख‍ोजी भइरहेको प्रहरीको भनाइ छ ।

टोपबहादुर र डा.इन्द्रजित य‍‍ोजनाकार

अहिलेसम्मको अनुसन्धानका क्रममा प्राप्त प्रमाणले यो प्रकरणको योजनाकार नेकपा (एमाले)का सांसद ट‍ोपबहादुर रायमाझी र पूर्व गृह मन्त्री तथा नेकपा (एमाले)का उपाध्ययक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईतर्फ स‍झिएको अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकृतको भनाइ छ ।

Leave a Reply