नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेकी ललितपुरकी ३२ वर्षीय लक्ष्मी महर्जनलाई आज प्रहरीले पक्राउ गरि जिल्ला सरकारी वकीलको कार्यालय , काठमाडौं र काठमाडौ् जिल्ला अदालतमा पेश गरेको जनाएको छ । उनलाई प्रहरीले कहाँबाट कसरी पक्राउ ग-यो भन्ने बारेमा भने केही बताइएको छैन ।

यो प्रकरणमा उनको बैंक खाता प्रयोग भएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

उनी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यो प्रकरणमा दोषी रहेको भनिएका पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’का छ‍‍ोरा प्रतिक, प्रहरी हिरासतमा रहेका डा. इन्द्रजित राईका छोरा निरज सहित १३ जना फरार रहेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा द‍ोषी रहेको भन्दै प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकीलको कार्पालय, काठमाडौंले ३० जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा यही बुधबार भिन्नाभिन्नै ३ प्रकृतिका अपराध कसुरमा सम्लग्न भएको किटानका साथ संविधान र प्रचलित कानुन बमोजिम दण्ड सजायको माग गरी मुद्धा दायर गरेको जानकारी दिइएको छ तर प्रहरीले भने भुटानी शरणार्थीको नाममा संयुक्त राज्य अमेरिका पठाई दिने भन्दै ९७५ जनाबाट रु.१० लाखदेखि रु.५० लाखसम्म र उठाएको भनिएको यो प्रकरणमा अनुसन्धानबाट ३३ जना द‍ोषी पाइएकोले उनीहरु विरुद्ध मुद्धा चलाउनु पर्ने विषयको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको बताइएको थिय‍ो ।

यो प्रकरणमा पक्राउ परेकाहरुको आजबाट काठमाडौं जउल्ला अदालतमा बयान शुरु भएको बताइएको छ ।

Leave a Reply