नक्कली भुटानी शरणार्थी प्रकरण हात्ती आयो हात्ती आयो फुस्स हुने सम्भावना

नक्कली भुटानी शरणार्थी प्रकरणमा ज‍डिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे सहित ८ जनालाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतको अनुमती लिएर अनुसन्धान जारी राखेसँगैे यो प्रकरणले बजार तातेको छ । यो प्रकरणमा ८७५ जनाबाट जनही रु.१० लाखदेखि ५० लाख रुपैयासम्म लिएर अहिलेसम्म १ अर्व रुपैया ठगी गरेको पाइ एको प्रहरीको भनाइ छ । यो प्रकरणमा पक्राउ परेका डा.इन्द्रजित राईका छोरा नीरज राई , उपप्रधानमन्त्री तथा उर्जा मन्त्री बनी सकेका नेकपा (एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझी र नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा यस प्रकरणमा जोडिएको भन्दै उनीहरु विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ तर उनीहरुलाई यसबेलासम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । यो प्रकरणमा नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणले पैशा लिएको अडियो प्रहरीले प्राप्त गरेको विषयको समाचार सञ्चार माध्यममा सार्वजनिक भएको छ । प्रहरीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ र यसमा थप १२/१३ जना तानिन सक्ने सम्भावना रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतको भनाई सार्वजनिक भएको थियो तर उक्त प्रकरणमा जोडिएको भनेर थप कसैको पनि नाम सार्वजनिक भएको छैन ।

यता आफ्नो पार्टीका सचिव तथा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी सहितका विरुद्ध पक्राउ पूर्जी जारी भएसँगै नेकपा (एमाले)का अध्पक्ष खडगप्रसाद शर्मा ओली सहितका नेताहरुक‍ो छटपटाहट भइरहेको र य‍ो प्रकरणबाट आफ्नो पार्टीका नेता कार्यकर्तालाई बचाउन नेकपा (एमाले) अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई दैनिकजसो भेटेर दवाव दिइरहेकोले यश प्रकरणमा दोषी देखिएको भनिएका ३ जनालाई प्रहरीले पक्राउ गरेक‍ो छैन । यसले यो प्रकरणमा जोडिएका भनिएका रनजनीतिक दलमा आवद् व्यक्तिहरुलाई कारवाही गर्नुको सट्टा चोख्याउने खेल भइरहेकोले यसबाट जोगिने उपाय खोजी हुन थालेक‍ो संकेत कतिपय जानकारहरु बताउछन् । जसका कारण यो प्रकरण हात्ती आयो हात्ती आयो फुस्सा हुने सम्भावना बढेर गएको उनीहरुको भनाइ छ ।

आइतबारबाट शुरु भएको संघीय संसदको बैठकमा यो प्रकरणको विषयमा सांसदहरुले आ-आफ्ना विचनर गरेका थिए । त्यस क्रममा सत्ता पक्ष र विपक्षी सांसद बीच घोचपेच चलेको थियो ।

Leave a Reply