नयाँ नेतृत्व चयन गर्दै चिनीया कम्युनिष्ट पार्टी

चिनीया कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन आईतबारबाट बेजिङस्थित ग्रेट हल अफ द पिपुल्समा शुरु भएको छ । बेजिङको समय अनुसार विहान १० बजे शुरु भएको यो महाधिवेशन एक सातासम्म सञ्चालन हुने बताइएको छ । २,३०० बढी प्रतिनिधिहरुको सहभागिता रहेको सो महाधिवेशनले चिनीया कम्युनिष्ट पार्टीको भावी कार्य योजना , नीति र कार्यक्रम निर्माण तथा केन्द्रीय समिति , पोलिटव्युरो र स्थायी समिति सहितको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । यो महाधिवेशनबाट निर्वाचित चिनीया कम्युनिष्ट पार्टीका नव निर्वाचित महासचिव चीनको आउदो १० वर्ष राष्ट्रपति र चिनीया जनमुक्ति सेनाको प्रमुख हुनेछन् । चिनीया कम्युनिष्ट पार्टीका बर्तमान महासचिव सि जिनपिङ पुन: यो महाधिवेशनबाट पुन: महासचिव चुनिने चर्चा भएपनि उहाँ पुन: महासचिव दोहोरिने हो या होइन , त्यो बारेमा भने केही बताइएको छैन ।

चिनीया कम्युनिष्ट पार्टीले पछिल्ला वर्षहरुमा हरेक १० वर्षमा आफ्नो नयाँ नेतृत्व चयन गर्ने परम्परा निर्माण गरेको छ । सन् २०१२ मा हु जिन ताओलाई प्रतिस्थापन गर्दै सि जि पिङ चिनीया कम्युनिष्ट पार्टीको महासचिव चयन हुनु भएको थियो ।

यो महाधिवेशनमा चिनीया कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको तर्फबाट महासचिव सि जिन पिङले प्रतिवेदन प्रस्तुत गर्नु भएको खबर प्राप्त भएको छ । सो प्रतिवेदन प्रस्तुत महासचिव सि जिन पिङले चीनको आधुनिकीकरण, गरिवी उन्मुलन र चिनीया विशेषता सहितको समाजवाद निर्माण गर्ने योजना प्रस्तुत गर्दै ताइवानको विषय आन्तरिक मामिला भएकोले यसलाई सकेसम्म शान्तिपूर्ण रुपमा र यदी त्यसरी नभए बल प्रयोग गरेर भएपनि चीनमा गाभ्ने बताउनुभएको खबर प्राप्त भएको छ ।

Leave a Reply