सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन हुने नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ : महर्जन

ललितपुर महानगरपालिका -२०, मिखबहालमा आफ्नै रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ज्ञानीबाबु महर्जनले सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन हुने गरी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै व्यवस्थापक महर्जनले जो कसैले कुनै पनि सहकारी संस्थाको बारेमा राम्रो सँग बुझेर मात्र त्यसको सदस्य बन्ने, सदस्य बनेपछि उक्त संस्थाप्रति विश्वास गरेर कार्य गर्नु परो र संस्थाको बारेमा कुनै मत भिन्नता भए सम्बन्धित संस्थाको विनियममा भएको व्यवस्था अनुसार सस्थाका जिम्मेवार अधिकारी सँग आवश्यक छलफल गरेर त्यसको टुङ्गो लगाउनु पर्न खाँचो औंल्याउनुभयो । ‍उहाँले ‘स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्थाले सदस्यहरुसँग नजिक हुने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेक‍ो छ , यस क्रममा यसले समय-समयमा आफ्ना सदस्यहरुसँग बचत सम्बन्धी अन्तर्क्रिया, ऋण सम्बन्धी अन्तर्क्रिया , विस्तारित मञ्चको बैठक गर्दै संस्थाको हालसम्मक‍ो वित्तीय अवस्था लगायतको जानकारी गर्दै आएका छौं र आउदो जेठ २० गते पुन: यस संस्थाको सदस्यहरुसँग विस्तारित बैठक गर्ने गरि तयारी भइरहेको छ’, भन्नुभयो । ‘कतिपय संस्थामा उत्पन्न खराब अवस्थाको बारेमा भइरहेको समाचार प्रवाहले हाम्रा सदस्यहरुमा उत्पन्न हुन सक्ने भ्रमलाई चिरेर उनीहरुमा य‍स संस्थाप्रति सकारात्मक उर्जा प्रवाह गरिरहेका छौ,’ उहाँको भनाइ छ । यस संस्थामा तरलता २६.२३ प्रतिशत र जगेगा कोषका १० प्रतिशत जति रहेको छ भन्दै उहाँले गत चैत्र मसान्तसम्म यस संस्थामा शेयर सदस्य संख्या २ हजार २ दुई सय , शेयर पूँजी रु.३ करोड १२ लाख , बचत संकलन रु.२७ करोड , कर्जा प्रवाह रु.२२ करोड र कूल कार‍ोबार रु.३३ करोड रहेको बताउनुभयो । संस्थाले निर्धारण गरेको बचत रकम सबै सदस्यहरुले समयमा बुझाइरहनुभएको छ तर यस संस्थाका धेरै सदस्यहरु हस्तकला व्यवसायमा सम्लग्न रहेको र यसबेला पनि हस्तकला व्यवसाय समस्यमा रहेकाले कतिपय शेयर सदस्यले कर्जाको सावाँ र व्याज समयमा तिर्न नसकेको अवस्था छ’, उहाँको थप भनाइ छ ।

नवयुवा साकोसमा प्रोवेशन बागमती क्लष्टर पहिलोको २८औं कार्यकुशलता तना सिकनई व्यवस्थापन कार्यशाला सम्पन्न

ललितपुर महानगरपालिका-२०, मिखकहालमा आफ्नै भवनमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सोही संस्थाको कार्यालयमा प्रोबेसन बागमती क्लष्टर पहिलोको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गत मंगलबार सम्पन्न भयो । नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको सो कार्यशालाको अध्यक्षता गर्दै आयोजक संस्थाका अध्यक्ष अशोक महर्जनले

सहकारी मार्फत सदस्यहरुको जीवनस्तर माथि प्रयत्न गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको मूल्य, मान्यता, नीति र विधिलाई आत्मसाथ गरी सञ्चालन भएका सहकारी संस्थाको अवस्था राम्रो बताउनुभयो । कार्यशालामा उक्त कलष्टरमा आवद्ध नवयुवा बचत तथा ऋण सहकारी संस्था लि. मिखबहाल, ललितपुर , पद्मावती बचत तथा ऋण सहकारी संस्था लि., न: बहाल, ललितपुर , एकता बचत तथा ऋण सहकारी संस्था लि., शान्तिनगर, काठमाडौं, माई बज्रमाई बचत तथा ऋण सहकारी संस्था ल. चापागाउँ, ललितपुर , लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., पनौती, काभ्रेपलाञ्चोक र होष्ट हैंसे बचत तथा ऋण सहकारी संस्था लि.., भृकुटीनगर, काठमाडौंबाट ३७ जनाको सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पेशलकुमार खड्का र तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यहरुलाई उत्पादनमा जोडेर उद्यमी बनाउन पर्ने खाँचो औंल्याउदै सहकारीमा स्वः शासन र स्वः उत्तरदायित्व र स्व: सहयोग महत्वपूर्ण भएकोले संस्था र सदस्य बीचको सम्बन्ध प्रगाढ हुनु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply