नाउपाद्वारा पूर्व घोषित बन्द कार्यक्रम फिर्ता

लाल आय‍ोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको नागरिक उन्मुक्ति पार्टीले पूर्व घोषित आजदेखिको बन्द कार्यक्रम फिर्ता लिएको जनाएको छ । सो पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त विषय उल्लेख छ ।

सूचना आयोगले दिएको रिटमा लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेकोले सो प्रतिवेदन सार्वजनिक गर्न समस्या भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी दिनुभएको थियो । उहाँले रेशम चौधरी सहितको रिहाई चाडै हुने बताउनुभएको थियो ।

यता आफूहरुलाई जन्मकैदको सजाय हुने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने पूर्व सांसद तथा नाउपाका संरक्षक रेशमलाल चौधरीले प्रतिबद्धता व्यक्त गर्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *