नेकपा(एमाले)को चियापानमा नेकपा(एस)का नेताहरु पनि सहभागी

बडादशैं, दीपावली, छठ तथा नेेपाल सम्वतको उपलक्ष्यमा आज नेकपा (एमाले)ले ललितपुरको च्यासलस्थित आफ्नै पार्टी कार्यालयका चियापान कार्यक्रम आय‍ोजना ग-यो । सो चियापान कार्यक्रम नेकपा (एस)कन सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सोही पार्टीकी तथा पूर्व मन्त्री रामकुमारी झाक्री लगायत पनि सहभागी हुनुभयो । पार्टीको मान्यता दिएर नेकपा (एस)लाई पहिलो पटक नेकपा (एमाले) निमन्त्रणा गरेको उक्त चियापानमा प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा , रासपाका अध्यक्ष रवि लामिछाने , विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतको सहभागिता रहेको थियो ।

यस अघि गत शनिबार बडादशैं, दीपावली, छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा नेपाली कांग्रेसले पनि ललिपुरको सानेपास्थित आफ्नो पार्टी कार्यालयमा यसरी नै चियापान कार्यक्रम आय‍ोजना गरेको थियो ।

Leave a Reply