नेकपाले सविसु अभियान सञ्चालन गर्ने

यही जेठ ९ र १० गते काठमाडौंमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठकले सविसु अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । उक्त पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा बसेको बैठकले जनतन्त्र, राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीवीकाको निम्ति तथा मुलुकमा व्याप्त भ्रष्टाचार लगायतका वेथिति विरुद्ध जनसंघर्ष अगाडि बढाउदै जाने निर्णय गरेको सोही पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीको भनाइ छ ।

उक्त पार्टीका अध्यक्ष कट्टेलले एमसीसी (MCC) पारित भएपछि मुलुकको स्वाधीनता माथि नै खतरा उत्पन्न हुने गरी विदेशीहरुको गतिविधि बढ्दै गएको घटनाक्रमबाट देखिन थालेकोले राष्ट्रिय स्वाधीनताको रक्षा , जनतन्त्र र जनजीवीको पक्षमा परिवर्तनकामी र देशभक्तहरु एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ । अलगपथसँग कुरा गर्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण त्यत्तिकै फासफुस पार्ने खेल भइरहेक‍ाले पर्याप्त जनदवाव भएन भने यो हात्ती आयो- हात्ती आय‍ो फुस्सा जस्तै हुने सतहमा देखिएका घटनाक्रमबाट देखिदै गएको बताउनुभयो ।

गत बैशाख ९ र १० गते विराटनगरमा सो पार्टीको विशेष राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

Leave a Reply