नेकपा (एस)का उप-महासचिव जगन्नाथ खतिवडा मातु श‍ोकमा

नेकपा (एस)का उप-महासचिव तथा पूर्व सांसद जगन्नाथ खतिवडालाई मातृ शोक परेको छ । उहाँकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचारका क्रममा २०८० भदौ १९ गते मंगलबार विहान ९:३० बजे निधन भएक‍ो बताइएको छ । दिवंगत खतिवडाको निधनमा नेेेकपा (एस) लगायतले श‍ोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना दिएका छन् ।

Leave a Reply