नेकपा (एस)को समानुपातिक मत बढ्ने क्रम जारी

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १० स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समानुपातिक तर्फ पनि मत बढ्ने क्रम जारी रहेको जनाइएको छ । यसबेलासम्म निर्वाचन आयोगले सार्वजन क गरेको मत परिणाम अनुसार सो दलले १,०४,१५१ मत प्राप्त गरेको छ । उक्त पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न खसेको मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने बाध्यता छ तर त्यस पार्टीका नेताहरु भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३ प्रतिशत भन्दा मत प्राप्त हुने विश्वास व्यक्त गर्दछन् ।

प्रतिनिधि सभाको निर्वाचनमा यो पार्टीका अध्यक्ष माधवकुमार नेपाल -रौतहट क्षेत्र नं.१ तथा नेताहरु राजेन्द्रप्रसाद पाण्डे- धादिङ क्षेत्र नं.१, कृष्णकुमार श्रेष्ठ – बारा क्षेत्र नं.४, प्रकाश ज्वाला- सल्यान , प्रेमबहादुर आले- डोटी , शेरबहादुर कुँवर -अछाम क्षेत्र नं.१, भानुभक्त जोशी- बझाङ , मेटमणि चौधरी- दाङ क्षेत्र नं.१, धनबहादुर बुढा- डोल्पा र अम्मरबहादुर थापा-दैलेख क्षेत्र नं.१ बाट विजयी हुनुभयो तर सोही पार्टीका उप-महासचिव जगन्नाथ खतिवडा -उदयपुर क्षेत्र नं.२, , सचिव रामकुमारी झाक्री -गुल्मी क्षेत्र नं.२, नेताहरु विरोध खतिवडा -मकवानपुर क्षेत्र नं.२, सोमप्रसाद पाण्डेय -पाल्पा-२, श्रीनाथ बराल-कास्की क्षेत्र नं.२, रामचन्द्र झा-धनुषा क्षेत्र नं.२ र धर्मनाथ प्रसाद शाह सिराहा क्षेत्र नं.४ बाट पराजीत हुनुका साथै इलाम क्षेत्र नं.को जारी मतगणनामा त्यसै पार्टीका सम्मानित नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का महेश बस्नेत भन्दा २,०६० मतान्तरले पछाडि देखिनुभएको छ ।

Leave a Reply