ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नारायण शर्मा नेतृत्वको अखिल नेपाल कम्युनिष्ट पार्टी एकता सयोजन समिति एकीकृत भएर अगाडि बढ्न सहमत भएको बताइएको छ । बुधबार सो सहमतीपत्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समितिका सह-संयोजक पुष्कर गौतमले हस्ताक्षर गर्नुभएको छ । अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समितिका संयोजक नारायण शर्मा बाहिर रहेकाले उहाँसँग सरसल्लाह गरेर सो सहमती-पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

………………………………………………………………………………….








