नेपाली कांग्रेसका नेता उद्धव थापा पुन: कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धव थापालाई पुन: कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । कोशी प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार कोशी प्रदेश सभाका बहुमत सदस्यबाट विश्वासको मत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दावी गर्न दिएको समयाबधि सकिनु अघि नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) र जसपाका गरि ४७ जना कोशी प्रदेश सभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो । थापालाई मुख्यमन्त्री बनाउनकै लागि आजै कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।

यता कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले ३० दिन भित्र उपयुक्त समयमा आफूले कोशी प्रदेश सभाबाट वश्वासको मत लिने बताउनुभयो ।

Leave a Reply