पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी निर्माण शुरु भएको ७४ वर्ष पुगेको छ तर यसबेलासम्म पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस कहिले भयो भन्ने बारेमा नेपालको कम्युनिप्ट आन्दोलन भित्र एक मत छैन । नेकपा (एमाले), नेकपा (माके), नेकपा (एस), नेकपा (माले), विप्लव नेतृत्वको नेकपा , नेकपा (क्रान्तिकारी माओवादी) लगायतका कम्युनिष्ट पार्टीले अप्रिल २२ लाई नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिनको रुपमा मान्ने गर्दछन् र सोही अनुरुप ती पार्टीहरुले शनिबार विभिन्न कार्यक्रम गरी नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवस मनाए । ती पार्टीहरुका नेताहरुले नेपाल कम्युनिष्ट पार्टीको सन् १९४९ अप्रिल २२ तारेकमा भएको बताए ।
यता ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका केही कम्युनिष्ट पार्टीले भने सेप्टेम्बर १५ तारेकका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनाको औपचारिक घोषणा भएकोेले यो दिनलाई नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको रुपमा मनाउदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ‘नेपाल कम्युनिष्ट पार्टी निर्माणका लागि अप्रिल २२ का केही नभएको भन्ने पनि होइन । त्यस दिन पनि केही न केही त भएकै हो । त्यसैले नेपाल कम्युनिषट पार्टीले पार्टी स्थापना दिवस सेप्टेम्बर १५ तारेकलाई मानेपनि अप्रिल २२ तारेकलाई पनि महत्वपूर्ण ऐतिहासिक दिनको रुपमा मान्दै आएको’ बताउनुहुन्छ ।
सन् १९४९ अप्रिल २२ तारेकका दिन भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्मचार्य , निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी भेला भएर नेपाल कम्पुनिष्ट स्थपनाको लागि पुष्पलालको नेतृत्वमा नारायण विलास जोशी, नरबहादुर कर्मचार्य र निरञ्जन गोविन्द वैद्य रहेको समिति निर्मार्ण गरेका र उक्त भेला सकिएपछि पुगेकी मोतीेेदेवी श्रेष्ठलाई पनि सोही समिति सदस्यमा समावेश गरिएको ऐतिहासिक दस्ताबेजमा उल्लेख छ । त्यो समितिले सन् १९४९ अप्रिल २४ मा अपील प्रकाशन गरेको इतिहासकारहरु बताउछन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको औपचारिक घोषणा भने सन् १९४९ सेप्टेम्बर १५ तारेकका दिन भएकोले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको देहान्त नहुदासम्म सोही दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापान दिवस मनाउने गरेको उनीहरु सहित नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहको भनाइ छ । २०३५ साउन ७ गते निधन भएका पुष्पलाल बाहेकका नेपाल कम्युनिष्ट पार्टीका जीवित संस्थापक सदस्यहरुले २०३६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापान सन् १९४९ अप्रिल २२ तारेकका दिन भएको बताएपछि अप्रिल २२ तारेकका दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन थालिएको महामन्त्री सिंहले रातो तरबारमा लेख्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी निर्माणको शुरुवाती चरणमा केही योगदान रहेपनि त्यसपछि भने त्यो बेलासम्म नेपालको कम्युनिष्ट आन्दोलनमा सम्झनलायक कुनै योगदान नगरेका उनीहरुले क. पुष्पलालको देहान्तपछि नेपाल कम्युनिष्ट पार्टीको स्थापना सन् १९४९ अप्रिल २२ तारेकमा भयो भनेर भ्रम सृजना गरी फटाई गर्नुका साथै क. पुष्पलाल माथि षडयन्त्रमूलक ढंगबाट प्रहार गरेको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका लेख रचनामा नेपाल कम्युनिष्ट पार्टीको औपचारिक रुपमा स्थापना सन् १९४९ सेप्टेम्बर १५ तारेकमा भएको उल्लेख छ भने नेपाल कम्युनिष्ट पार्टीको २०१० सालमा सम्पन्न पहिलो , २०१४ सालमा सम्पन्न दोश्रो र २०१९ सालमा सम्पन्न तेश्रो महाधिवेसनमा पारित भएका दस्तावेजहरुमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस सेप्टेम्बर १५ तारेकमा मनाउने गरेको उल्लेख छ ।
यता नेपालको कम्युनिष्ट आन्दलनका बारेमा गहिरो अध्ययन गरेका राजनीतिक विश्लेयक प्रा.डा. सुरेन्द्र के.सी.ले पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस सेप्टेम्बर १५ तारेकमा नै मनाउने गरेको बताउदै आउनुभएको छ ।





