नेपाल प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त

नेपाल सरकारले नेपाल प्रहरी महानिरीक्षकमा बरियाता क्रममा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक बशन्तबहादुर कुँवरलाई नियुक्त गरेको जनाइएको छ । माओवादी जनयुद्धको समयमा झण्डै एम्बुसमा परेका कुँवरलाई आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको ३०औँ महानिरीक्षकमा नियुक्त गरेको बताइएको छ ।

बाहालवाला प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको आज राती १२:०० बजेबाट ३० वर्ष सेवा अवधि पूरा भई अवकास हुदैछ । प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू उत्तमराज सुवेदी, सहकुल थापा र दिवेश लोहनी , प्रहरी नायब महानिरीक्षकहरु मोहनकुमार आचनर्य , नलप्रसाद उपाध्याय र महाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे र उमाशंकर पञ्जियार सहित २०४९ सालमा प्रहरी निरीक्षक बनेका सबै प्रहरी अधिकृत ३० वर्ष सेवा अवधि पूरा भई आज राती १२ बजेबाट अवकास हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । आज मध्यरातबाट अवकास हुन लागेका प्रहरी अधिकृतहरुलाई आज बिदाई गरिएक‍ो जनाइएको छ ।

सरकारले गत सोमबार नवनियुक्त प्रहरी महानिरीक्षक कुँवर सहित श्याम ज्ञवाली , टेकप्रसाद राई, दीपक थापा र किरण बज्राचार्यलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अनिरिक्त महानिरीक्षकमा बडुवा गरेको थियो ।

Leave a Reply