नेपाल सरकारद्वारा समग्र सहकारी क्षेत्र सुधारको लागि कार्यदल गठन

नेपाल सरकार, मन्त्री परिषदले सम्रग सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गरेको जनाएको छ । २०८० बैशाख २६ गते बसेको नेपाल सरकार, मन्त्री परिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार नेपाल सरकारकी प्रबक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो कुरा बताउनुभएको हो । ‘मन्त्री परिषदको उक्त बैठकले झिटीगुण्टा सूचना नियमावली संशोधन गरि वैदेशिक रोजगारीमा गएका नेपालीलाई उनीहरुले पहिले पाइरहेको सुविधामा थप गरी थप एउटा म‍ोवाइल ल्याउन दिने र एमडीएमएस प्रणाली लागू गर्ने यसको गृहकार्य गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक तयारी गरेर व्यवस्थित ढंगबाट लागू गर्ने निर्णय गर्नुका साथै कृषि तथा वन सेवा समूहको सचिवमा रेवती रमण पौडेललाई बडुवा गर्ने निर्णय गरेको छ’, उहाँले भन्नुभयो । मन्त्री परिषदको उक्त बैठकले ढल्केबर-बाणगंगा १३२ के.भी. प्रशारण लाइन निमार्णको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारवाही चलाउन अधिकारी त‍ोकेको तथा कोेहलपुर वितरण केन्द्रको लागि जग्गा प्रााप्ती गर्ने र प्राविधिक कार्य चलनउन सम्बन्धित प्रशासकीय अधिकृतलाई अधिकारी त‍ोकेको मन्त्री शर्माको भनाइ छ ।

Leave a Reply