नेपाल सरकारले ग-यो मुकेश कायस्थलाई शहीद घ‍ोषणा

नेपाल सरकारले जीउदा शहीदका उपनामले परिचित मुकेश कायस्थलाई शहीद घ‍ोषणा गरेको जनाएको छ । आज बसेको नेपाल सरकार, मन्त्री परिषदको बैठकले उहाँलाई शहीद घोषणा गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाइ छ ।

२०६२/०६३ सालको जन-आन्द‍ोलनका क्रममा २०६२ चैत्र २८ गते बनेपामा प्रहरीको गोली लागेर घाइते भएका मुकेश कायस्थको यही बैशाख २८ गते साझ उपचारको क्रममा निधन भएको थियो । उहाँको पार्थिव शरीर राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिएको थिय‍ो ।

Leave a Reply