नेपाल सरकारले नेपाली क्रिकेट खेलाडीहरुलाई प्रति व्यक्ति रु.६ लाख दिने

हिज‍ो बसेको नेपाल सरकार , मन्त्रीपरिषदले एसीसी प्रिमियर कप क्रिकेट प्रतिय‍गिता जितेर एसियन कप क्रिकेट प्रतियोगितामा छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट ट‍‍ोलीका खेलाडीहरु र मुख्य प्रशिक्षकलाई प्रति व्यक्ति रु.६ लाख र अफिसियल टोलीलाई रु.३ लाखका दरले पुरस्कृत गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चनर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभय‍ो । आज नेपाल सरकार , मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आय‍जित पत्रकनर सम्मेलनलाई सम्ब‍‍ोधन गर्दै उहाँले हिजो बसेक‍ो मन्त्रीपरिषदको बैठकले काठमाडौंको कीर्तिपुरस्थित त्रि.वि. क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरक‍ो क्रिकेट मैदान निमार्ण य‍ोजना आगामी आर्थिक वर्षक‍ो बजेटमा पार्ने निर्णय गरेको बताउनुभयो ।

हिजो सकिएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा फाइनल खेलमा संयुक्त अरब इमिरेट्सलाई पराजित गरी नेपाल एसियन कप क्रिकेट प्रतिय‍ोगितामा छनौट भय‍ो भने नेपालका सन्दीप लामिछाने यो प्रतिय‍गिताको सर्बोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *