नेपाल सरकार र आविस्कार केन्द्र बीच ७ बुँदे सहमती

४ बुँदे माग पूरा गराउन ४ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेर विरोध प्रदर्शन गरिरहेको आविस्कार केन्द्र र नेपाल सरकार बीच आज ७ बुँदे सहमती भएको छ । हिजोदेखि दुबै पक्ष बीच भएका बार्ता पछि सो सहमती भएको बताइएको छ ।

सहमती पत्रमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गर्नुभयो । दुई पक्षदबीच सहमती भएसँगै आविस्कार केन्द्र धर्ना कार्यक्रम बन्द गरेको छ ।

Leave a Reply