
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संंघ लि.को ३२औँ वार्षिक सााधारण सभा आगामी पुस ७ र ८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । यो साधारण सभाबाट नेफ्स्कूनको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति पनि चयन हुने भएकोले यस साधारण सभालाई निकै चासोका साथ हेरिएको छ । नेफ्स्कूनको भावी अध्यक्षका लागि यसबेलासम्म बर्तमान अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आकाङ्क्षी देेखिनुभएको छ ।





