नेेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न पुनर्गठन अभियान चलाउने

नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न पुनर्गठन अभियान चलाउने भएको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले
यही भाद्र १५ र १६ गते काठमाडौंको कपनस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । त्यसै प्रेस विज्ञप्तिमा उल्लेखित उक्त बैठकले गरेको निर्णय यस प्रकार छ ।
(१) पार्टी अध्यक्ष क. ऋषिराम कट्टेलले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन केन्द्रीय समितिमा आएका सुझावहरु समाविष्ट गरी परिमार्जन साथ पारित भयो । बैठकले चार कार्यभार निर्धारण गरी सोही अनुसार संगठन र संघर्ष अघि बढाउने निर्णय गरेको छ ।
(क) विसर्जनवाद विरुद्ध सैद्धान्तिक बहस चलाउदै कम्युनिष्टहरु क्रान्तिकारीलाई एकतावद्ध गर्न पुनर्गठन अभियान चलाउने ।
(ख) संसदवाद विरुद्ध रहेका कम्युनिष्ट क्रान्तिकारी बीच रणनीतिक चरित्रको संयुक्त मोर्चा निर्माण गरेर संयुक्त जनक्रान्तिको कार्यदिशा अगाडि बढाउने ।
(ग) राष्ट्रियता,जनतन्त्र र जनजीविकाको निम्ति बृहत संयुक्त जनआन्दोलन संगठित गर्दै वर्ग संघर्षको विकास गर्ने ।
(घ) बर्तमान सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी गणतन्त्र नेपालको स्थापना गर्न जनक्रान्ति संगठित गर्ने ।
(२) राजनीतिक प्रतिवेदनले देशको सामाजिक र आर्थिक अवस्था, राष्ट्रियता रक्षाको प्रश्न ,एमसीसी (MCC) , सत्ताको अवस्था ,राजनीतिक शक्ति सन्तुलन ,राजनीतिक शक्तिहरूको अवस्था, संघर्षको अवस्था,कम्युनिष्ट आन्दोलनको अवस्था,संयुक्त मोर्चा र अन्तराष्ट्रिय स्थितिबारे विश्लेषण गरेको छ ।
(३) संगठनात्मक योजना
पार्टी ७५औ वर्षमा प्रवेस गरेकोले यो वर्षभरी विशेष योजनासाथ पार्टीको हिरक महोत्सव मनाउने । पार्टी निर्माण, प्रचार, प्रशिक्षण, आर्थिक र संघर्षको योजना कार्यान्वयन गर्ने ।
(४) समसामयिक प्रस्ताव
(क) बैठकले बाडी,पहिरो , सडक तथा हवाई दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दु:ख प्रकट गर्दै बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

(ख) नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय समिति सदस्य सुमित्रादेवी सिंह ठकुरी, सोही पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष राजकुमार खत्रीकी आमा तथा त्यसै पार्टीकी केन्द्रीय समिति सदस्य मायादेवी राईकी सासुआमा हिरामाया घिमिरे न्यौपाने र उक्त पार्टीका केन्द्रीय समिति सदस्य तथा पिपुल्स फ‍ोर्स नेपालका संय‍ोजक उत्सुक कट्टेलका बुवा हरिप्रसाद कट्टेलको हालै भएको असामयिक दुःखद निधनप्रति बैठकले शोक प्रकट गर्दै उहाँहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
(ग) धरानमा क्रिस्चियन र हिन्दु अतिवादीहरुले मच्चाएको वितण्डताको पार्टीको यो वैठक निन्दा र भत्सर्ना गर्दछ । नेपाली जनता बीच रहेको सुमधुर सामाजिक सद्भाव भड्काउन षडयन्त्र गर्ने तत्वहरुलाई कडाँइका साथ कार्वाही गर्न जोडदार माग गर्दछ ।
(घ) चीनले नेपाली भूमि भारतमा राखेको नक्सा प्रकाशित गरेको छ । यो नेपाल- चीन सम्बन्धको इतिहासमा सबैभन्दा दु:खद घटना हो । यो नेपालमा लगातार चलिरहेको फ्री तिव्वत अभियान , एमसीसी (MCC) सम्झौता र नेपाली भूमि चीन विरुद्ध प्रयोग गर्न नदिने नेपालको प्रतिवद्धताको उलघंनको परिणाम हो । यसको निम्ति दाहाल सरकार जिम्वेदार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *