पाटन संयुक्त क्याम्पसको स्व.वि.यू. सभापतिमा ने.वि. संघका बागी विष्ट विजयी

ललितपुरको पाटनढ‍‍ोकास्थित पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनक‍ो सभापतिमा नेपाल विद्यार्थी संघबाट विद्र‍ोह गर‍ी स्वतन्त्र उम्मेद्वार बनेका सुशील विष्ट विजयी भएका छन् । सभापतिमा विजयी विष्टले ८४१ मत पाउदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) निकट अनेरास्ववियुका सुरेश जी.सी.ले ६७२ मत पाएका थिए । ने.वि. संघको पाटन संयुक्त क्याम्पस, इकाई समितिका उपाध्यक्ष रहेका विष्टलाई सभापतिको उम्मेद्वार बनाउने भनिएपनि अन्तमा युवराज लामालाई ने.वि. संघले आधिकारिक उम्मेद्वार बनाएपछि विष्टले ने.वि. संघबाट विद्र‍ोह गरी सभापतिमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

सो क्याम्पसको स्व.वि.यू. सचिव र क‍ोषाध्यक्षमा भने नेकपा (एमाले) निकट अनेरास्ववियुका अविनाश भण्डारी र तिलक कुमाल विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *