पानीको समस्या भएपछि चन्द्रागिरि नगरपालिका कार्यालय अगाडि रित्तो गाग्री प्रदर्शन

खानेपानीको समस्या भएपछि चन्द्रागिरि नगरपालिका वडा नं.१२ सहितका स्थानीयबासी विरोधमा उत्रिएका छन् । उनीहरुले आज चन्द्रागिरि नगरपालिका कार्यालय परिसरमा रित्तो गाग्री प्रदर्शन गरेका छन् । हिउदको सुख्खायाममा चन्द्रागिरि नगरपालिका वडा १२ सहितका केही स्थानका स्थानीयबासीहरुले खानेपानीको समस्या भोग्नु परेक‍ोले खानेपानीको उचित व्यवस्थापनको लागि चन्द्रागिरि नगरपालिकालाई दवावका लागि आफूहरु विरोधमा उत्रिन बाध्य भएको संघर्षमा उत्रिएका स्थानीयबासीको भनाइ छ । यता स्थानीयबासीको खानेपानीको सनस्या समाधान गर्ने उद्देश्यले २ वटा बोरिङ निर्माण कार्य शुरु भएकोले यसको निर्माण कार्य जतिसक्तो छिटो सम्पन्न गर्ने लक्ष्य रहेको चन्द्रागिरि नगरपालिकाका अधिकारीको भनाइ छ ।

सरोकारवालाहरु भने भएका खानेपानीका मुलहरुको राम्रोसँग सरसफाई र त आसपासमा बृक्षार‍ोपण गरि तिनको उचित व्यवस्थापन गर्न सके खानपाीको समस्या केही हदसम्म भएपनि समाधान गर्न सकिने विश्वास व्यक्त गर्छन् छन् ।

काठमाडौं उपत्यकाा कतिपय स्थानमा पानीको सतह जमिन मुनि भासदै

काठमाडौं उपत्यकाका कतिपय स्थानमा पानीको सतह जमिन मुनि भासिन थालेको देखिएको छ । हालै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७, नवदुर्गा टोलनेर एक धरमा पुन: पानीक‍‍ो सतह जमिन मुनि भासिएको र पानीको लागि ब‍ोरिङ थप गहिराइमा खनेर गाड्नु परेको सो बोरिङ गाडेका प्राविधिक बताउछन् ।

बाटाहरु सहित काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सिमेण्ट सहिता सामाग्री प्रयोग गरि भौतिक संरचना निर्माण भएकाले वर्षातको पानी जमिन मुनि श‍ोषिन नपाउने र जमिन मुनि पानी रिचार्ज हुन सक्ने पोखरी लगायतका संरचना कमी हुँदै गएकोले पानीको सतह जमिन मुनि भासिदै जान थालेको जानकारहरु बताउछन् ।

Leave a Reply