पार्टीलाई पैसा बुझाएर सांसद बनेको भनेर कसैलाई भनेको छैन : डा. ढाकाकुमार श्रेष्ठ

मन्त्री बन्न पार्टीलाई रुपैया बुझाउनु पर्ने भो भनेर अस्पताल व्यवसायी दुर्गा प्रसाईसँग ३ करोड रुपैया मागेको अडियो सार्वजनिक भएपछि रास्वपाको सांसद पदबाट निस्कासन भएका डा. ढाकाकुमार श्रेष्ठले आफूले पार्टीलाई पैसा बुझाएक‍ भनेर केही अनलाइन पत्रिकामा प्रकाशित समाचार आधारहिन भएको बताएका छन् । उनले प्रेस विज्ञप्ति प्रकाशित गरि सांसद वन्न पार्टीलाई पैसा बुझाएको भनेर आफूले कसैसँग नभनेको जनाएका छन् ।

डा.ढाकाकुमनर श्रेष्ठले सांसद बन्न रास्वपाका नेताहरुलाई रु.२ कर‍ड ८४ लाख बुझाएको भनेको भन्ने विषयको समाचार प्रकाशन भएको थियो । यही समाचारको विषयलाई लिएर रास्वपाका नेताहरुले सो पार्टीबाट निस्काशित सांसद डा.ढाकाकुमार श्रेष्ठ विरुद्ध अदालतमा मानहानीको मुद्धा दर्ता गर्ने भनेको विषयको समाचार पनि सञ्चार माध्यममा प्रकाशन भएको प्रकाशन भएको थियो ।

Leave a Reply