पार्टी भित्रको असन्तुष्टिले कांग्रेसका के.सी. एमालेका राईसँग पराजीत

नेपाली कांग्रेस भित्रको असन्तुष्टि र आफूभित्रको आन्तरिक एकताले गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सोलुखुम्बुमा २०४६ सालपछि पहिलो पटक नेकपा (एमाले)ले जितेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री बलबहादुर के.सी.लाई भारी मतान्तरले पराजीत गरी नेकपा (एमाले)का मानवीर राई विजयी हुनुभयो । विजयी भएका राईले १९,३२४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका बलबहादुर के.सी.ले १६,५४५ मत पाउनुभयो । यस अगाडि सोलुखुम्बुमा भएका संविधान सभा र प्रतिनिधि सभाको निर्वाचनमा कहिले नेपाली कांग्रेस त नेकपा (माओवादी)का उम्मेद्वार विजयी हुदै आएका थिए ।

यस पटक सोलुखुम्बुका नेपाली कांग्रेसका कार्यकर्ताहरुको रोजाईमा नपरेपनि केन्द्रमा भएको आफ्नो पहुँचकै कारण नेपाली कांग्रेसका नेता बलबहादुर के.सी. सोलुखुम्बुमा पार्टीको उम्मेद्वार बनेपछि सोलुखुम्बुका नेपाली कांग्रेसका कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । उनीहरुले नेपाली कांग्रेसका आङ्गेलु शेर्पालाई सोलूखुम्बुमा नेपाली खांग्रेसको उम्मेद्वार बनाउनु पर् माग गरेपनि त्यसलाई नेपाली कांग्रेसको नेतृत्वले सुनुवाई नगरेपछि कार्यकर्तामा असन्तुष्टि जन्मेको र त्यसले अन्तत: सोलुखुम्बुमा नेपाली कांग्रेको पराजय हुने अवस्था बनेको जानकारहरु बताउछन् ।

Leave a Reply