पूर्व गृह मन्त्री खाँण र उनका स्वकिय सचिव के.सी.लाई अदालत लगिदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको आर‍ोपमा आज विहान पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण र उनका स्वकिय सचिव नरेन्द्र के.सी.लाई हिरासतमा राखेर अनुसन्धानका गर्नको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमती लिने तयारी गरेको बताइएको छ । हिजो मात्रै काठमाडौं आएका खाँणलाई काठमाडौंको मैजुबहालस्थित उनकै निवासबाट सोधपुछका लागि टेकु जानू पर्ने भो भनी पक्राउ पूर्जी थमाएर गिरफ्तार गरेको बताइएको छ । खाँण पक्राउ परे लगत्तै उनका स्वकिय सचिव के.सी.लाई पनि प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ पूर्जी थमाएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो प्रकरणमा यस अगाडि पक्राउ परेका व्यक्तिले दिएको बयानका आधारमा उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरु दुई जना सहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ भने तीन जना फरार रहेकाले तिनको ख‍‍ोजी भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply