पेट्रोलियम पदार्थको फेरि मूल्य कृद्धि

नेपाल आयल निगम लि.ले आजबाट पुन: पेट्र‍ोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको पेट्र‍ोलियम पदार्थको मुल्यसूची र नेपाल सरकारले पेट्र‍लियम पदार्थमा लगाएको मूल्य अभिबृद्धि करलाई आधार मानेर एल.पी. ग्यासमा रु.२३५, पेट्र‍‍ोलमा प्रति ली.मा रु.४ तथा डिजेल र मट्टितेलमा प्रति ली.मा रु.३ का दरले मूल्य बृद्धि गर्नु परेको नेपाल आयल निगम लि.ले जनाएको छ । हवाई इन्धनको मूल्य भने यथावत रहेको बताइएको छ ।

Leave a Reply