पेसागत बुद्धिजीवी यूनियनको संय‍ोजकमा सह-प्रा.डा.प्रधान चयन

पेसागत बुद्धिजीवी यूनियनको संय‍ोजकमा सह-प्राध्यापक डा.मोहन सिंह प्रधान चयन हुनुभएको छ भने सदस्यमा नरोत्तम पाण्डे र भक्तिप्रसाद शर्मा रहनुभएको बताइएक‍ो छ ।

उक्त यूनियनको बुधबार काठमाडौंमा सम्पन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलेले देशको अग्रगमन , कम्युनिष्ट आन्दोलनको विभाजनको कारण आदिबारेमा रिसर्च गर्नु पर्ने बताउनुभयो । त्यस अवसरमा सोही पार्टीका उपाध्यक्षद्वय आर.बी. भण्डारी र डा.शम्भु कट्टेल तथा सचिवालय सदस्य खेमनारायण ढुङ्गानाले आ-आफ्नो विचार व्यक्त गर्नुभएको जनाइएको छ ।

Leave a Reply