प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा कृष्णप्रसाद शर्मा चयन

ललितपुर महानगरपालिका-१४, महालक्ष्मीस्थान- थसिखेलमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं वार्षिक साधारण सभाले कृष्णप्रसाद शर्माको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा मदनकृष्ण तिमल्सिना , सचिवमा विमल फुयाल ,कोषाध्यक्षमा देवका कार्की तथा सदस्यमा डा.दीपा पाण्डे थापा , रामेश्वर फुयाल र पुष्पराज गौतम हुनुहुन्छ । त्यसैगरी त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा दीपक आचार्य तथा सदस्यमा रामकृष्ण अवाले र सारिका श्रेष्ठ हुनुहुन्छ । यो साधारण सभाले त्यस संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको रिक्त पद पूरक निर्वाचन प्रक्रियाबाट पूर्ती गरेको जनाइएको छ ।

२०७९ मंसिर १७ देखि २४ गतेसम्म उक्त साधारण सभा सम्पन्न भएको थियो । साधारण सभाले संस्थाका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद शर्माले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम , सचिव मदनकृष्ण तिमल्सिनाले त्यस संस्थाको सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिका संयोजक दीपक आचार्यले प्रस्तुत गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को भावी योजना र बजेट छलफल गरी पारित गरेको थियो । साधारण सभाले पारित गरेको प्रतिवेदनमा सो संस्थाको शेयर सदस्य, शेयर पूँजी र कारोबार बृद्धि गर्ने , आउने वर्षबाट संस्थाका सबै सेवाकेन्द्रबाट रासायनिक मलको विक्री गर्ने लगायतका योजना उल्लेख छ ।

यो वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को उत्कृष्ठ कर्मचारी सम्मानबाट वरिष्ठ अधिकृत सुरेशकुमार श्रेष्ठ र सदस्य सेवा केन्द्रहरू मध्यबाट सदस्य सेवा केन्द्र भैंसेपाटीलाई सम्मानित गरियो ।

उक्त साधारण सभाको झलक

Leave a Reply