साल्ट ट्रेडर्स कर्पोरेशनको सञ्चालकको जिम्मेवारी रहेर कार्य गर्दै आएका प्रदीप श्रेष्ठ सोही कर्पोरेशनको अध्यक्ष नियुक्त हुनुभएको छ । मोरङ सुगर मिल लिमिटेडको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका श्रेष्ठलाई यही चैत्र २६ गते बसेको साल्ट ट्रेडिङ कर्पोरेशन सञ्चालक समितिको बैठकले सो कर्पोरेशनको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।





