प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन, आजै सपथ ग्रहण हुने

अनतत: संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको २९औं प्रधानन्यायधीश पदमा कायममुकाम प्रधानन्यायधीश हरिकृय्ण कार्कीको नाम अनुमोदन गरेको जनाइएको छ । प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन भएसँगै आज अपरान्ह ५ बजे उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।

उहाँको विरुद्धमा कानुन व्यवसायी सहित केही व्यक्तिहरुले संसदीय सुनुवाई विशेष समितिमा उजुर गरेका थिए । संसदीय सुनुवाई विशेष समितिले हिजो र आज प्रस्तावित प्रधानन्यायधीश कार्कीसँग बयान लिएको थियो । प्रधानन्यायधीशमा अनुम‍ोदन भएका कार्की तत्कालीन कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की उमेर हदका कारण निबृत्त भएकाले गत असोज १५ गतेदेखि कायममुकायम प्रधानन्यायधीशको जिम्मेवारी बहन गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *