प्रधानन्यायधीश श्रेष्ठद्वारा सपथ ग्रहण

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा ग‍ोपनियताको सपथ ग्रहण गर्नुभयो । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा आयोजित प्रधानन्यायधीश श्रेष्ठको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देेेवराज घिमिरे लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको ३१औँ प्रधानन्यायधीश बनेेका श्रेष्ठ अबको १३ महिनापछि उमेरहदका कारण अनिवार्य अवकाशमा जानू हुुने बताइएको छ ।

Leave a Reply