प्रधानमन्त्री प्रचण्ड कमरेड प्रचण्डबाट बदलिएर श्री प्रचण्डमा परिणत !

नेकपा (माके)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जोतिषीले जुराएको समयमा पुजापाठ गरेर बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभयो । पुजापाठ गरेर उहाँ परिवार सहित सरकारी निवास प्रवेश गरेको सञ्चार माध्यमबाट जानकारी पाएपछि यसलाई धेरै मानिसहरुले हसिमजाक गरिरहेका छन् । यसलाई नियालीरहेका कतिपय मानिसले त पहिला प्रचण्ड भौतिकवादी तर अहिले प्रचण्ड अध्यात्मवादी भनेर तिखो व्यङ्ग्य गरेको पनि पाइएको छ ।

२०६३ सालमा युद्वबाट शान्ति प्रक्रियामा आउदा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड सहितका सो पार्टीका नेताहरु उस्तै रङ्गका सर्ट , पेण्ट र कोट लगाएर सार्वजनिक स्थलमा देखिन्थे तर समय बित्तै जादा त्यसमा परिवर्तन आयो । यस्तै २०६५ र २०७३ सालमा प्रधानमन्त्री बन्दा सर्ट, पेण्ट ,कोर्ट र टोपी लगाएका प्रचण्ड गत सोमबार दिउसोसम्म त्यस्तै पोशाकमा देगिनुहुन्थ्यो तर र सोमबार अपरान्ह ३ बजे पछि भने उहाँ दौरासुरुवाल , कोट र टोपी लगाउन थाल्नु भो । यसका साथै प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको २ दिनपछि प्रधानमन्त्रीको सरकारी निवासमा सर्दा ज्योतिषीलाई साइत हेराएर ज्योतिषीको सल्लाह अनुसार पुजापाठ गर्नुले कुनै बेला उहाँलाई आदर्श नेताको रुपमा सम्मान गर्ने कतिपय कम्युनिष्ट कार्यकर्ताहरु प्रधानमन्त्री प्रचण्ड अब कमरेड प्रचण्ड रहनुभएन , उहाँ कमरेड प्रचण्डबाट बदलिएर केवल श्री प्रचण्डमा मात्रै परिणत हुनुभएको बताउछन्’ ।

प्रचण्डले दौरासुरुवाल , कोट र टोपी लगाउनु नै हुने र’छ त , यस अगाडि नै पनि लगाए भैहाल्थ्यो किन फाल्तु गफ गरेको होला अनि उहाँले ज्योतिषीको सल्लाहमा पुजापाठ पनि गर्नु नै हुने र’छ त – आफ्नो अध्यामवादी असली चेहरा छोपेर नक्कली कुरा र काम गरेर दुनियाँलाई किन बेबकुफ बनाको भन्या । यत्रा मान्छेले पुजापाठ गरेर हिड्दा प्रचण्डले पुजापाठ गर्न नपाउने भन्ने त हुदैन थ्यो नि ।’ कतिपय वाम विश्लेषकको भनाई छ ।

Leave a Reply