गत पुस मसान्तमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग रू.२ करोड मागेको अडियो सार्वजनिक भएसँगै रास्वपा भित्र भूकम्प गएको छ । सांसद श्रेष्ठ दोषी ठहरिए उनलाई ७० घण्टाभित्र कारबाही गर्ने सोही पार्टीका अध्यक्ष रवि लामिछानेको भनाइ छ ।
कपुरकोट अनलाइन मार्फत सार्वजनिक भएको सो अडियो यतिबेला भाइरल बनेको छ । रास्वपाका कार्यकर्ताहरुले सो अडियो नक्कली भएको भन्दै सांसद श्रेष्ठको बचाउको प्रयास गरिरहेका छन भने सांसद श्रेष्ठले पनि सो अडियोको बोली आफ्नो नभएको र आफ्नो राजनीति सिद्याउन आफू माथि षडयन्त्र भएको भनेर दिएको अभिव्यक्ति सार्वजनिक भएको छ तर व्यवसायी दुर्गा प्रसाईले सार्वजनिक भएको उक्त अडियो ह्वाट्स् एप मार्फत आफू र रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ बीचको कुराकानी भएको बताएका छन् । यदी यो अडियो नक्कली प्रमाणित गरेर देखाएमा आफू सांसद ढाकाकुमार श्रेष्ठको ड्राइभर हुन तयार छु भनी व्यक्त गरेको अभिव्यक्ति सार्वजनिक भएको छ ।
यो अडियो सार्वजनिक भएसँगै रास्वपा र यसका नेता-कार्यकर्ताहरुको असली परिचय थप प्रष्ट भएको सरोकारवालाहरुले बताएका छन् । संयुक्त राज्य अमेरिकाको घण्टी चुनाव चिन्ह भएको फ्रिडम पार्टीको अघोषित शाखाको रुपमा नेपालमा रवि लामिछाने नेतृत्वको रास्वपा रहेको छ भनेर कतिपय मानिसहरुले भनिरहेेका छन् ।





