आइतबार काठमाडौं उपत्यका बाहिरबाट काठमाडौंं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपा लगायतका राजावादी दल तथा समूहले संयुक्त रुपमा त्रिभुवन विमानस्थल आसपासको सडकमा आयोजना गरेको स्वागत कार्यक्रमको क्रममा त्यहाँका बोटविरुवा भाचेर क्षति पु-याएको र फोहोरमैला गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरपालिकाले रु.१ लाख जरिवाना तिराउने भएको छ ।

यस अघि नेकपा (एमाले)ले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको कार्यक्रम सञ्चालनको क्रममा फोहोर गरेको भन्दै नेकपा (एमाले) लाई पनि काठमाडौं महानगरपालिकाले रु.१ लाख जरिवाना तिर्न पत्राचार गरेको थियो , जो लाामो समयसम्म विवादको विषय बनेको थियो । यो कार्यले आफू माथि पूर्वाग्रह साधेको भन्दै नेकपा (एमाले) का नेता कार्यकर्ता काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहमाथि खनिएका थिए भने नेकपा (एमाले)ले सो जरिवाना तिरेको छैन तर राप्रपालाई पनि काठमाडौं महानगरपालिकाले जरिवाना तोकेपछि भने नेकपा (एमाले) माथि पूर्वाग्रह साधेको भन्नेहरुलाई मजाको जवाफ मिलेको जानकारहरु बताउछन् ।
काठमाडौं महानगरपालिकाको आफूलाई जरिवाना लगाउनृे कदमलाई राप्रपाले कसरी लिन्छ र उसले यो जरिवाना तिर्छ कि तिर्दैन , त्यो भने आउदा दिनमा देखिने नै छ ।





