बझाङका भूकम्प पीडितका घर सरकारले बनाई दिन्छ : प्रधानमन्त्री प्रचण्ड

गत मंंगलबार बझाङ सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर सुदूरपश्चिम प्रदेशमा असर पु-याउने गरि गएको भूकम्पबाट पीडितहरुका घर सरकारले बनाई दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वचन दिनुभएको छ । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि बझाङ पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले भूकम्पले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई राहतका लागि ५० हजार रुपैया प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो भूकम्पमा परी १ जनाको ज्यान गएको थियो भने भूकम्पबाट चैनपुर , थलहरा लगायतका स्थानमा क्षति पुगेको छ ।

बिगतमा भूकम्प, बाढी पहिर‍बाट जनधनको क्षति हुदा सहयोगको आश्वासन मात्रै पाएको तर आश्वासन अनुसारको व्यवहार नभएकोले यस पटक पनि प्रधानमन्त्री प्रचण्डले दिएको आश्वासन व्यवहारमा कार्यान्वयन भएपछि मात्रै विश्वास गर्न सकिने कतिपय भूकम्प पीडितको भनाइ छ ।

य‍ो एक वर्ष भित्र सुदूरपश्चिम प्रदेशमा पटक पटक गएको भूकम्प तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति पु-याएको छ ।

Leave a Reply