बारा क्षेत्र नं.२ बाट भारी मतका साथ ५ दलीय गठबन्धनका साझा उम्मेद्वार रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । गत मध्यरातमा मतगणनाको नतिजा घोषणा भएको थियो । जस अनुसार विजयी यादवले २८,४१५ मत पाउनुभयो भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३,३३४ , नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १०,२१६ , रास्वपाका रमेशप्रसाद खरेलले २,८२९ , आम जगता पार्टीका अरुणकुमार ज्ञवालीले २,७३८, राप्रपाका सोनालाल प्रसाद साह तेलीले ११९ , नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादवले ६० , नेपाल संघीय समाजवादी पार्टीका नेजारुल अन्सारीले २६, मंगोल नेशनल अर्गनाइजेशनका प्रमोद राम चमारले ५, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुबेदीले ० र राप्रपा नेपालका मनिफ मिया अन्सारीले ० तथा स्वतन्त्र उम्मेद्वारहरु : मुना मंसुरीले ४२, बाबुराम प्रसादले ३८, असर्फी राउत अहिरले २५ , वीरेन्द्र पंडितले २५, जैसी राउतले २४, गिरजा कुमारीले २३ , रीता देवीले २२, वीरेन्द्रप्रसाद यादवले २२, धर्मवीर प्रसाद यादवले १३ , कुशेश्वर साह बनियाले ११, धुपलाल हजराले ११ , उमेशप्रसाद यादवले ९, जितेन्द्र प्रसाद यादवले ८, उमाकुमारी कुशवाहाले ७, शम्भुप्रसाद साह तेलीले ७, दिनेशप्रसाद यादवले ६, दुर्गाप्रसाद कोइरीले ६, सुरज साह तेलीले ६, रामबालक महरा चमारले ५ , सिगारी देवीले ४ ,छोटेलाल महतो कोइरीले ४, विनोदकुमार कर्णले ३ र राधिका न्यौपाने साह कलावारले २ मत पाउनुभएको निर्वाचन आयोग, नेपालले जनाएको छ ।





