बारा-२ मा जसपा अध्यक्ष उपेेन्द्र यादवको ५,०१३ मतको अग्रता

प्रतिनिधय सभा सदस्य पदको यही बैशाख १० गते सम्पन्न उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं.२ को मतगणना हिजो दिउसोदेखि जारी छ । अहिलेसम्मको मतगणनामा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव निकटतम् प्रतिस्पर्धी् जनमत पार्टीका शिवचन्द्र कुशवाहा भन्दा ५,०१३ मतले अगाडि रहनुभएको छ । केहीबेर अगाडि घोषणा भएको मत परिणाम अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले १८,०९६, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३,०८३ , नेकपा (एमनले)का पुरुषोत्तम पौडेलले ५,४५९, रास्वपाका रमेष खरेलले २,१६३ र आम जनता पार्टीका अरुण ज्ञवालीले १,९९० मत पाउनुभएको छ ।

५ वटा स्थानीय तहका ४४ वडामध्ये अब १६ वटा वडाको २७,३३९ मत गणना गर्न बाँकी रहेको र सबै मतगणना भरे मध्यरातीसम्ममा गरि सक्ने बताइएको छ ।

सो निर्वाचनमा ६९,१०७ मत खसेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *