बोल्न नदिएको भन्दै सांसद डा. अमरेशकुमार सिंह संसदमा अर्धनग्न

आफूलाई बोल्न नदिएको भन्दै आजको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो शरीरको माथिल्लो भागको फुकालेर अर्धनग्न भएर विर‍ोध जनाए । सांसद सिंह अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले उनलाई यस्तो अस्वभाविक हर्कत नदेखाउन चेतावनी दिए भने अरु सांसदहरुले पनि उनक‍ो यो कार्यको विर‍‍ोध गरे । यसै क्रममा नेकपा (एमाले)का सांसद अच्युत मैनालीले सांसद डा. सिंहको स्वास्थ्य जाँच गर्न माग गरे । सांसदहरुले विर‍ोध गरेपछि सांसद डा. सिंहले कपडा लगाए । त्यसपछि भने प्रतिनपधि सभाको नियमित कारवाही अगाडि बढ्यो । ।

Leave a Reply