ब्राजिल क्वाटर फाइनल प्रवेश , दक्षिण कोरियाको पराजयसँगै एसियाली देशहरुले सकेनन् नकाउट चरण पार

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल उपाधी दावेदार ब्राजिल दक्षिण कोरियालाई ४-१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ । जारी विश्वकप फुटबलमा दक्षिण कोरिया पनि नकाउट चरणबाट बाहिरिएपछि कुनै पनि एसियाली देशहरुले नकाउट चरण पार गर्न सकेनन् । यस अघि सम्पन्न खेलमा जारी विश्वकप फुटबलको समूह ‘ई’ को विजेता बनेको जापान समूह ‘एफ’को उप-विजेता क्रोएसियासँग ट्राइबेकरमा ३-१ गोल अन्तरले पराजित भएर नकाउट चरणबाटै बाहिरियो भने एसियाली देशहरुकै तर्फबाट खेलेको अष्ट्रेलिया पनि नकाउट चरणको खेलमा अर्जेन्टिनासँग २-१ गोल अन्तरले पराजित भयो । ती बाहेकका एसियाका इरान , साउदी अरेबिया र कतार जारी विश्वकप फुटबलको लिग चरणबाट यस अघि नै बाहिरिएका थिए ‌।

अब क्वाटर फाइनलमा ब्राजिलले सन् २०१८ को रुसमा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप फुटबलको उप-विजेता क्रोएसियासँग खेल्ने छ ।

जारी विश्वकप फुटबलमा आफ्ना २६ जना खेलाडीलाई खेलाएको समूह ‘जी’को विजेता ब्राजिल र समूह ‘एच’को उप-विजेता दक्षिण कोरिया बीच गएराती स्टेडियम ९७४ मा नकाउट चरणको खेल भएको थियो । नेइमार , भिनिसियस जुनियर र रिचर्डिलिशनलाई अग्रपङ्ती राखेर ४-३-३ फर्मेशनमा ब्राजिलले आफ्ना खेलाडीलाई खेलाएको थियो । खेलको ७औ मिनेटमा नेइमारको पासमा भेनिसियस जुनियरले पहिलो गोल गरी ब्राजिललाई अग्रगता दिलाए भने खेलको १३औं मिनेटमा नेइमारले पेनाल्टी मार्फत गोल गरी खेलको अग्रता दोब्बर बनाए । त्यसैगरी खेलको २९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचर्डिलिसनले गोल गरे भने खेलको ३६औं मिनेटमा भिनिसियस जुनियरको पासमा खेलको ३६औं मिनेटमा लुकास पाक्वेटाले आकर्षक गोल गरी खेलमा ब्राजिलको ४-० गोल अन्तरको फराकिलो अग्रता बनाए । यो खेलमा १ गोल गरेका स्टार खेलाडी नेइमारको देशका लागि गोल संख्या ७६ पुगेको छ , जो ब्राजिलका सर्वकालीन महान खेलाडी पेलेको भन्दा १ गोल कम हो ।

पहिलो हापमा राम्रोसँग सम्हालिन नसकेको दक्षिण कोरिया खेलको दोश्रो हापमा सम्हालिएको थियो र उसका सब्सिच्युट खेलाडी पिका सुङ होले खेलको ७६औं मिनेटमा गोल गरेका थिए ।

आज कतार विश्वकप फुटबलको नकाउट चरणका अन्तिम दुई खेल हुने

आज कतारमा जारी फिफा विश्वकप फुटबलको नकाउट चरणका २ खेल हुनेछन् । नेपाली समय अनुसार साझ ८;४५ बजे समूह ‘एफ’ को विजेता मोरोक्को र समूह ‘ई’को उप-विजेता स्पेन बीच नकाउट चरणको खेल हुनेछ । त्यसैगरी नेपाली समय अनुसार भरे राती १२:४५ भजे समूह ‘एच’को विजेता पोर्तुगल र समूह ‘जी’को उप-विजेता स्वीट्जरल्याण्ड बीच नकाउट चरणको खेल हुनेछ । यी दुबै खेल सम्पन्न भएसँगै कतारमा जारी फिफा विश्वकप फुटबलको नकाउट चरणको खेल सकिएर क्वाटरफाइनल चरणको खेलको लागि समीकरण पूरा हुनेछ ।

Leave a Reply