भक्तपुर जिल्ला बचत संघको आयोजनामा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी समन्वय उपसमितिको आयोजनामा २०८० बैशाख २३ गते सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी भक्तुरको च्यामासिङ्स्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सभा हलमा सम्पन्न भयो । सो गोष्ठीमा उद्घाटन मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले

सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागू भएको देशमा अर्थतन्त्र सुव्यवस्थित रहेको बताउनुभयो । उहाँले आर्थिक कारोबार गर्ने सबै क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागू गर्नु पर्ने खाँचो औंल्याउदै सम्पत्ति शुद्धिकरण निवारणको नाममा सहकारीमा व्यक्तिगत बचत सीमा तोक्न नहुने विचार व्यक्त गर्नुभयो ।
सो ग‍ष्ठीमा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम दाहालले कार्यपत्र प्रस्तुत गर्दे सहकारी संस्थाले सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि र कार्यन्वयन अधिकारी तोक्नुपर्ने, सदस्य पहिचान,TTR÷STR प्रतिवेदन गोएमएल मार्फत दिनुपर्ने कानूनी व्यवस्थाको बारेमा प्रकाश पार्नुभयो । उहाँले सम्पत्ति शुद्धिकरण निवारणको विषय पेचिलो बन्दै गएकोले राज्य ग्रे जोनमा पर्न सक्ने खतरालाई दृष्टिगत गरी २२ वटा कानून संशोधनको लागि संसदमा प्रस्ताव पेश भइरहेको बताउनुभयो ।
त्यस गोष्ठीका अध्यक्षता गर्दै भक्तपुर जिल्ला कचत तथा ऋण सकारी संघ लि.का उपाध्यक्ष हरि बल्लले सहकारी संस्थाहरुका सदस्यहरुको बचत सुरक्षाको लागि पनि सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठीको आयोजना गरेको बताउनुभयो । उहाँले ऐन कानुन अनभिज्ञताका आधारमा दण्ड जरिवानाबाट छुट्कारा नपाइने भएकोले सहकारीमा कानुनी व्यवस्थाहरुको परिपालना कडाइका साथ लागू गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । गोष्ठीमा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले आफ्नो विचार व्यक्त गर्दै सम्पत्ति शुद्धिकरण निवारणका व्यवस्थाहरु परिपालनाका समस्या समाधान गर्न यो गोष्ठीले टेवा पु-याएको बताउनुभयो ।

त्यसै संघका सहकारी समन्वय उपसमितिका सदस्य जीवन गिरीले सञ्चालन गर्नु भएको सो गोष्ठीमा सदस्य संस्थाहरुबाट ४५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply