भक्तपुर जिल्ला बचत संघको आय‍जनामा असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा यही जेठ६ गते शंखधर पार्टी प्यालेस, शंखधर चोक, भक्तपुरमा एक दिवसीय असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न भएको छ ।

सो अवसरमा उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले

सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको बताउनुभयो । सहकारीमा असल बैठकको अभ्यास नै नगरीकन व्यक्ति स्वार्थ परिपूर्ति गर्ने गरी खोलिएको सहकारीमा संकट चुलिएको बताउदै उहाँले सहकारीलाई कडा अनुगनमा राख्न नेपाल राष्ट्र बैंक अन्तर्गत राखी कार्यान्वयन गरेमा सहकारीको सिद्धान्त, स्वयत्तता र स्वतन्त्रता हनन हुने विचार व्यक्त गर्नुभयो । त्यस अवसरमा सोही संघका सञ्चालक एवं महिला सशक्तिकरण उपसमितिकी संयोजक कृष्णश्वरी प्रजापतीले सदस्य संस्थामा प्रभावकारी बैठक तथा निर्णय लेखन कार्यमा टेवा पु-याउने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारीमा नियमित बैठक बसी नियमसंगत निर्णयबाट मात्र संस्था प्रभावकारी सञ्चालन गर्न सकिने विचार व्यक्त गर्नुभयो । सो अवसरमा त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले उक्त संघको वित्तीय अवस्थाको जानकारी गराउदैं संघमा प्रशस्त तरलता रहेको बताउनुभयो । उक्त अवसरमा सोही उपसमितिकी सदस्य निर्जला ढुङ्गेल दाहालले सहकारी संस्थामा नियमित अभ्यास गदै आइरहेको बैठक तथा निर्णय लेखन कार्यलाई प्रभावकारी बनाउन य‍ो तालिम महत्वपूर्ण रहेको बताउनुभयोे ।
त्यसेै तालिममा सहभागी लयप्रसाद भट्टराईले तालिम प्रभावकारी रहेको र यसले सहभागीहरुमा उत्साह थपिएको बताउनुभयो । उक्त उपसमितिकी सदस्य सुर्वण प्रभा गुरागाईले सञ्चालन गर्नु भएको सो तालिम समापन समारोहमा तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो । सो तालिममा ६० जना सहभागीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply