भक्तपुर जिल्ला बचत संघको आयोजनामा साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्तर्गत साकोसमा जोखिम विश्लेषण कार्यशाला ( Saccos Risk Analysis Workshop – SARAW) रोयल थाई हस्पिटालिट , राधेराधेमा २०८१ चैत्र १४ गते सम्पन्न भयो । कार्यशालाको उद्घाटन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष

कृष्णगोविन्द लाखाजुले आर्थिक मन्दीको कारण सहकारीमा ऋण लगानी र साँवा व्याज असुली नहुँदा सहकारीमा बचत र ऋणको सन्तुलन कायम गर्न चुनौती थपिएको बताउनुभयो । उहाँले हालै पारित विद्येयकले सहकारी संस्था सञ्चालनमा कानुनी जोखिम बढेकोले कानुन पालनाका लागि ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले समाजिक कार्य गरेको छ भन्दैमा आर्थिक पाटोमा गरेको अनियमितताको गल्ती माफ नहुने बताउनुभयो । संस्था सञ्चालनमा समस्या देखिएमा संस्थाको श्वेत पत्र जारी गर्नुपर्ने उहाँको भनाई थियो ।
त्यस अवसरमा सोही संघका लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले कार्यक्रममा उपलब्ध भएको जोखिम प्रतिवेदनको बारेमा संस्थामा छलफल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्यसै संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले यस संघले पहिलो पटक साकोस जोखिम विश्लेषण कार्यशालाको आयोजना गरिएको र यो कार्यशाला कर्ब्स, प्रोबेसन र एक्सेस जस्तै स्तरीकरण कार्यक्रमको पहिलो खुड्किलोको रुपमा रहेको धारणा व्यक्त गर्नुभयो । यही चैत्र २० गते भक्तपुरका चार वटै नगरपालिकामा प्रभातफेरी कार्यक्रम सहित ६८औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको उहाँले बताउनुभयो।
कार्यक्रममा नेफ्स्कूनकी कार्यक्रम अधिकिृत सोबिता मैनालीले साकोसमा जोखिम विश्लेषणको कार्यशाला सञ्चालन गर्नुका साथै पर्ल्स विश्लेष सम्बन्धमा पनि प्रशिक्षण दिनु भएको थियो । कार्यशालामा गोष्ठीमा यस्तैगरी नेफ्स्कूनका बरिष्ठ कार्यक्रम सहायक चन्द्रदेब जोशी र सूचना प्रविधि सहायक मिलन कोइरालाको सहयोगमा सहभागी ४२ वटा संस्थाहरुको वित्तीय विश्लेषण गरी जोखिम प्रतिवेदन समेत संस्थाहरुलाई वितरण गरिएको थियो । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा आवद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरु गरी ७५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको औपचारिक कार्यक्रम त्यसै संघकी अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभएको सञ्चालन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *