भुटानी अधिकारवादी टेकनाथ रिजाल समातिदा प्रतिक र निरजलाई उन्मुक्तिको आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो तान्दा पहरो थर्किएको छ । यो प्रकरणमा पक्राउ परेका मोरङका सागर राईको बयानका आधारमा भुटानी शरणार्णीको अधिकारका लागि लामो समयदेखि लड्दै आएका भुटानी मानव अधिकारवादी टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरी बिहीबार काठमाडौं जिल्ला अदालतबाट २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती पाएपछि उनी माथि अनुसन्धान गरिरहेको जनाएको छ । मानव अधिकारवादी रिजाल यो प्रकरणमा पक्राउ परेको समाचार सुन्दा धेरैले आश्चार्य प्रकट गरेका छन् तर मानव अधिकारवादी रिजालले भने यो प्रकरणमा आफ्नो सम्लग्नता अस्वीकार गरेका छन् ।

यसै प्रकरणमा बिहीबार पक्राउ परेका हज कमिटीका अध्यक्ष शमशेर मियालाई पनि २ दिन हिरासतमा राखेर अनुसन्धान काठमाडौं जिल्ला अदालतले प्रहरीलाा अनुमती दिएको छ ।

यो प्रकरणमा भुटानी मानव अधिकारवादी टेकनाथ रिजाल समेत पक्राउ परेपनि नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’ का छ‍ोरा प्रतीक र उनै बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईका छोरा निरजलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेर पनि पक्राउ नगर्नुले नागरिकहरुमा उनीहरुलाई उन्मुक्ति दिन ख‍ोजिएको हो कि भन्ने आशङ्का बढ्दै गएको देखिएक‍ो छ तर प्रहरीले भने उनीहरुको ख‍जी भइरहेको जनाएको छ ।

यता यो प्रकरणका दोषी नउम्किउन् र यसमा निर्द‍ोष नपरुन् भनेर विभिन्न राजनीतिक दल , संघ/संगठन र नागरिकहरुले खबरदारी गरिरहेका छन् ।

Leave a Reply