भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैठौें नेपाल एग्रिटेक इण्टरनेशनल एक्स्पो हुने

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रिटेक” (6th Nepal Agritech International Expo) यही माघ १२, १३ र १४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको छ । सो प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने जनाइएको छ । नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्री डा. बेदुराम भुसालले २०८० माघ १२ गते बिहान ११:०० बजे उक्त प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ । त्यसैगरी यस प्रर्दशनीलाई सफल बनाउनका लागि प्रबर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. रहेका मिडिया स्पेश सोलुशन्स प्रा.लि.का प्रबन्ध निर्देशक श्रीजल भट्टराईको भनाइ छ ।

उक्त प्रर्दशनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिञ्चाई, बिषादी रहित कृषि इत्यादी विभिन्न विधाका बारेमा जानकारी प्राप्त गर्न सकिने छ भने उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरीबाट सो प्रदर्शनीमा आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि तथा कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपञ्क्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । 

Kathmandu, Nepal.

www.mss.com.np

Tel.  +977 1-5363715 , +977 1-5369795

Leave a Reply