मतभिन्नता भएपछि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएँ : हरिवोल गजुरेल

नेकपा (माके)का नेता हरिवोल गजुरेलले प्रधानमन्त्री र गृह मन्त्रीसँग पछिल्लो समय मतभिन्ता भएपछि अब यो पदमा रहिरहनु सान्दर्भिक नहुने देखेर आफूले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट रााजीनामा दिएको बताउनुभएको छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट यही मंसिर २० गते नै आफूले राजीनामा दिएको बताएका नेता गजुरेलले के विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग मत भिन्नता भएको थियो भन्नेबारेमा भने केही पनि बताउनुभएको छैन । एक रेडिय‍सँगको कुराकानीकन क्रममा उहाँले सल्लाहकार सल्लाह लिन नियुक्ति गरिदैन भन्दै आक्र‍ोस व्यक्त गर्नुभएको थियो । नेता गजुरेलले एकाएक प्रधानमन्त्रीको प्रमुख सल्लाहकार पदबाट राजीनामा दिनुलाई कतिपयले निकै महत्वका साथ हेरेको देखिएको छ तर नेता गजुरेलको यो राजीनामा कतै आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वारीको लागि च्याखेदाउ त होइन भन्नेहरु पनि छन् । पूर्व सांसद समेत रहेका गजुरेल सिन्धुलीबाट सांसदको उम्मेद्वारको आकाङ्क्षी हुनुहुन्थ्यो तर उहाँले आकाङ्क्षा राखेको सिन्धुली क्षेत्र नं.२ मा नेकपा (माके) ले लेेेखनाथ दाहाल ‘राजन’ लाई उम्मेद्वार बनाएपछि हिस्स परेका नेता गजुरेललाई नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्र‍ो प्रधानमन्त्री बनेपछि नेेता गजुरेललाई गत माघमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।

नेता गजुरेलले आफ्नो राजीनामा स्वीकृति नहुँदा आफूलाई अफ्ठ्यारो पर्ने भो किनकी त्यसयता म सिंहदरबार गा’को छैन भनेर आफूले प्रधानमन्त्रीलाई टेलिफ‍ोन गर्दा प्रधानमन्त्रीले बसेर कुरा गरौं न भन्नुुभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *