मन्त्री रामकृष्ण चित्रकारलाई दिइयो मन्त्रालयको जिम्मेवारी, बागमती प्रदेशमा मन्त्रालयको संख्या १२ पुग्य‍ो

बागमती प्रदेश सरकारका विना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्री बनेको लामो समयपछि आज बल्ल उद्य‍ोग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रदान गरेको जनाइएको छ । उहाँलाई नेपाली कांग्रेसको भागमा रहेको पर्यटन, उद्य‍ोग तथा सहकारी मन्त्रालय फुटाएर बनाएको उद्य‍‍ोग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको बताइएको छ । यससँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १२ पुगेको छ ।

बागमती प्रदेश सभा दलका उपनेता चित्रकार ने.वि. संघको उपाध्यक्ष हुँदै नेपाली कांग्रेसको राजनीतिमा उदाएको जानकारहरु बताउछन् । यस अघि सम्पन्न नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापति पदको निर्वाचनमा भने उहाँ प्रतिस्पर्धी जीतेन्द्र श्रेष्ठसँग पराजित हुनुभएको थिय‍ो ।

बागमती प्रदेशको पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने फुट्नु अघिको पर्यटन, उद्य‍ोग तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका पुकार महर्जनले सम्हाल्नुभएको छ ।

Leave a Reply