मैत्रीय साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न, बालमुकुन्द उपाध्याय अध्यक्षमा पुन: चयन

सर्वसम्मत रुपमा पुन: बालमुकुन्द उपाध्यायको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.क‍ो १६औँ वार्षिक साधारण सभा शनिबार मेरिगोल्ड इ. स्कुल, बालकोटमा सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने स‍ो सञ्चालक समितिको उपाध्यक्षमा कुवेर श्रेष्ठ, सचिवमा सुमन सिलवाल, क‍ोषाध्यक्षमा दिवाकर सिलवाल र सदस्यमा हरिव‍ोल न्यौपाने , आरती के.सी. र नवीन उप्रेती हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संय‍ोजकमा भाइकाजी खत्री तथा सदस्यमा सविन सिलवाल र शुक्रवीर जोशी चयन हुनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा रहेको सो संस्थाको १६औँ वार्षिक साधारण सभा त्यसै संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक तथा नेफ्स्कुनका निवर्तमान अध्यक्ष डी.बी. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भय‍ो । प्रमुख अतिथि बस्नेतले साधारण सभाको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले मैत्रीय साकोसको प्रतिवेदनमा उल्लेख भएका सूचकाङ्कले यो संस्था राम्रोसँग सञ्चालन भइरहेक‍ो देखिएकोले यस संस्थामा निर्धक्क भएर कारोवार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । कुनै सहकारी संस्थाले सदस्यलाई बचत फिर्ता गर्न नसक्तैमा त्यो संस्था समस्यामा पर‍ो भन्न सकिँदैन- यदी उसको पैसा संस्थामा या बैक्षमा या तमसुकमा छ भने भन्दै उहाँले सहकारी क्षेत्रमा देखा परेका समस्या भन्दा बढी अनावश्यक हल्ला भएको बताउनुभयो ।

साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक पञ्चकृष्ण श्रेष्ठ, सूर्यविनायक नगरपालिकाकी प्रतिनिधि कल्पना श्रेष्ठ , मेरिगोल्ड इ. स्कुल, बालकोटका संंस्थापक अध्यक्ष तथा मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि. सल्लाहकार उद्धव सिलवाल , बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., बालकोटका अध्यक्ष विवेक श्रेष्ठ, जनक बहुमुखी सहकारी संस्था लि.का अध्यक्ष राजकुमार भट्टराईले यो संंस्थाले गरेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै संंस्था सञ्चालन गर्दा स-साना कुरामा पनि ध्यान दिन सुझव दिनुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष उपाध्यायले

शेयर सदस्य महानुभावहरुक‍ो साथ र सहयोग तथा कर्मचारीहरुको अथक परिश्रमले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले ‘सदस्यहरुको आर्थिक सशक्तिकरणको लागि यस संस्थाका शेयर सदस्यहरुले देखाउनु भएको विश्वास र अपनत्वलाई सदैव आत्मसात गर्दै सहकारी संस्थाहरु बीचको अस्वस्थ प्रतिस्पर्धाबाट टाढै रही मितव्ययिता , पारदर्शिता र कानूनको पालना गरी हाम्रो य‍ो संस्थाको संस्थागत सुशासनक‍ा लागि प्रतिबद्ध छौं’, भन्नुभयो ।

साधारण सभामा सोही संंस्थाका सचिव सुमन सिलवालले संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिवाकर सिलवालले संस्थाको वित्तीय प्रतिवेदन र भावी कार्यक्रम तथा लेखा सुपरीवेक्षण समितिका संयोजक भाइकाजी खत्रीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

शेयर सदस्यहरु बीच छलफल गरी ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरियो । साधारण सभाले पारित गरेका प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७९/०८० को अन्तसम्म पुरुष ७६४ र महिला ६९० गरी जम्मा शेयर सदस्य संख्या १,४५४, शेयर पूँजी रु. ३,१६,६३,५००, बचत संकलन रु.२८,७६,५३,१९०, कर्जा लगानी रु.३३,६५,७५,३८०, कर्जा असुली रु.४,७६,७७,५५१ , कुल नाफा रु.१८,७५,७००/८५ र तरलता रु.१९.१६ रहेको र संस्थाले एसएमएस (SMS) सेवा सञ्चालन शुरु गर्ने उल्लेख छ । समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थाले क्युआर कोड (QR Code) लगायतका सेवा भने प्रवाह गरिरहेको छ ।

त्यस संस्थाका उपाध्यक्ष कुबेर श्रेष्ठले स्वागत र व्यवस्थापक उमेश सिलवालले संयोजनमूलक कार्य गर्नु भएको साधारण सभामा सो संस्थाका अध्यक्ष उपाध्यायले प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

यसैगरी साधारण सभामा उक्त संंस्थााका शेयर सदस्यहरुमध्येबाट नियमित बचत विधामा तारा पराजुली , बाल बचत विधामा रिशुभ श्रेष्ठ , दैनिक बचत विधामा रजनी दुलाल , आवधिक बचत विधामा शम्भुप्रसाद धिताल र असल कारोबार विधामा लोकेन्द्रमान कायस्थलाई पुरस्कार सहित सम्मान गरियो भने शेयर सदस्यहरुका छोराछोरीहरुमध्येबाट २०७९ को एसईईमा ३.९५ जी.पी.ए.ल्याई उत्तीर्ण भएकी लियोना उप्रेतीलाई नगद पुरस्कार सहित मैत्रीय शैक्षिक सम्मानबाट सम्मानित गरियो ।

सूर्यविनायक नगरपालिका सहकारी शाखाका प्रमुख राजेन्द्र श्रेष्ठ, बालकोट बचत तथा ऋण सहकारी संंस्था लि.का कोषाध्यक्ष जयराम घिमिरे र सञ्चालक निर्मला बराल, बन्धुत्व बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष सानुभाइ सिलवाल, महिला अभियान बचत तथा ऋण सहकारी संंस्था लि.कि सचिव दूर्गा सञ्जेल, अमरज्योति बचत तथा ऋण सहकारी संंस्था लि.का कोषाध्यक्ष प्रेम पौडेल, सुजना बचत तथाऋण सहकारी संंस्था लि.का कोषाध्यक्ष कृष्ण सिलवाल , राष्ट्रिय वाणिज्य बैंक लि.का कानून अधिकृत सानुभाइ खड्का र एनआईसी एसियादबैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का , नेपाल रेडक्रस स‍ोसाइटी, बालकोट उप-शाखाकी उपाध्यक्ष विष्णा प‍ोखरेल लगायतको आतिथ्यता रहेको साधारण सभामा त्यसै संंस्थाका जेष्ठ शेयर सदस्य केशवप्रसाद आचार्यलाई ब्ल्याङ्केट र नगद सहित मैत्रीय जेष्ठ सदस्य सम्मानबाट सम्मानित गरियो ।

रक्तदान कार्यक्रम

शनिबार नै सामाजिक उत्तरदायित्व अन्तर्गत मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभास्थलमा सोही संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस स‍ोसाइटी, बालकोट उप-शाखाको आयोजनामा सम्पन्न त्यस रक्तदान कार्यक्रममा २९ जना रक्तदाताले रक्तदान गरेका थिए । त्यस अवसरमा रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *