यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौंबाट पोखराका लागि उडेको विमान उडेको १८ मिनेटपछि नै पोखरा महानगरपालिका-१७, घारीपाटन स्थिती खोचमा दुर्घटना भएको समाचार सार्वजनिक भयो । अहिलेसम्म २९ जनाको निधन भएको जनाइएको छ ।

३ बालबालिका, ४१ महिला र २७ पुरुष गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य सो विमानमा सवार रहेका र तीमध्ये ५३ जना नेपाली र १५ जना विदेशी नागरिक रहेका थिए । दुर्घटना भएको सो विमानले बिगत १५ वर्षदेखि उडान भर्दै आएको बताइएको छ ।

यो विमान कसरी दुर्घटना भयो भन्ने बारेमा आज बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले जाँचबुझ गर्न ५ सदस्यीय जाँचबुझ आयोग बनाएको छ ।

आकस्मिक रुपमा भएको विमान दुर्घटनाको शोकमा भोलि सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *